आईपीएल क्रिकेटमा चेन्नई संग बैंगलोर ८ रनले पराजित

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमवार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले हराउँदै चेन्नई सुपर किंग्सले जितेको छ ।जितका लागि २ सय २७ रनको लक्ष्य पछ्याएको बेङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो । त्यसअघि बेङ्लोरको घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो ।
चेन्नईका डेभन कन्वेले सर्वाधिक ८३ रन जोडे । शिवम् दुबे ५२ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी एक रनमा अविजित रहे । बेङ्लोरका विजयकुमार वैश्यक, मोहम्मद शिराज, वेन पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान एक÷एक विकेट लिए ।
जितसँगै चेन्नई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । बेङ्लोर सातौँ स्थानमा छ ।
कमेन्ट गर्नुहोस !