आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हरायो

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको छ ।जितका लागि श्रीलङ्काले दिएको विश्वकप इतिहासकै ठूलो लक्ष्य ३ सय ४५ रन पाकिस्तानले ४८ ओभर २ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३ सय ४४ रन बनाएको थियो । आज भारत र अफगानिस्तानबीच दिल्लीमा खेल हुनेछ ।
कमेन्ट गर्नुहोस !