नेपालले एकदिवसीय क्रिकेट आज पीएनजीसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी )सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ। खेल अल अमिरात मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । दोस्रो एक दिवसीय खेल भदौ २५ गते हुनेछ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।पीएनजीसँगको दुई खेलपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ ।
कमेन्ट गर्नुहोस !