भारत १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा

काठमाण्डाै । भारत १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । दोस्रो सेमिफाइनलमा अस्ट्रेलियालाई ९६ रनको फराकिलो अन्तरले हराउँदै गएराति भएको खेलमा भारत फाइनलमा पुगेको हो ।जितका लागि भारतले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४१ ओभर ५ बलमा १ सय ९४ रनमा समेटियो ।भारतका लागि कप्तान यस धुलले ११० रनको शतकीय पारि खेले। यस्तै उप कप्तान शेख रशिद ९४ रनमा आउट भएका थिए। २९१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१ दशमलव ५ ओभरमा १९४ रन बनाएर रोकिको थियो। अष्ट्रेलियाका लाचलन शा ले ५१ रन बनाए। फाइनल खेल फेब्रुअरी ५ तारिखमा हुने छ।
कमेन्ट गर्नुहोस !