भेटेनरी अस्पताल र कृषि ज्ञानकेन्द्रको बार्षिक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

सागर महत,भदौ १९सन्धिखर्क ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँची र कृषि ज्ञानकेन्द्र अर्घाखाँचीले संयुक्त रुपमा बार्षिक कार्यक्रम सार्वजनिकीकरण गरेका छन ।आर्थिक वर्ष २०८२/८३को कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख डक्टर प्रवेश सिँह कुँवरले जिल्ला दुध र मासुमा आत्म निर्भर भएपनि अण्डामा आत्म निर्भर नभएको बताउनुभयो।
यस्तै चालु आर्थिक वर्षको जम्मा बजेट ४करोड ५२ लाख ७८ रहेको उहाको भनाई छ ।पशु स्वास्थ्य शिविर,डेरी तथा मासु पसल सुधार कार्यक्रम,उद्योग लक्षीत मटसास जौं उत्पादनमा सहयोग,बाख्रा श्रोत केन्द्र स्थापना गर्न जग्गा खरिद गर्ने,डोर टु डोर लगायतका कार्यक्रम समावेश गरिएको छ ।
यता कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका सुचना अधिकारी शिवलाल घिमिरेले चालु आर्थिक वर्षमा ज्ञानकेन्द्रको बजेट ३करोड १२लाख १हजार १६ रहेको बताउनुभयो ।कार्यक्रम अन्तर्गत मल,बीउ ,बिषादी अनसगमन, नियमन र प्रतिवेदन,कृषि उत्पादन,बजारीकरणमा टेवा जस्ता कार्यक्रम समावेश गरिएको घिमिरेले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले परिवार नियोजनको अस्थायी साधन संगिनी सुई बोकालाई लगाएको सुन्नमा आएको बताउनुभएको छ ।सुई लगाएपछि मोटो हुने भएकाले यस्तो कार्य गरेको हुन सक्ने भएकाले ६ वटै पालिकाका पशु शाखा प्रमुखलाई यो कार्य तत्काल रोक्न आग्रह गर्नुभएको हो ।
मासु बढाउनको लागि स्वास्थ्य संग विषयमा खेलबाड नगर्न कृषिकलाई समेत अनुरोध गर्नुभएको छ । यस्तै उहाँले अनुदानका कार्यक्रम प्रभावकारी बनाउन समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रण अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद भुसालले पनि शुभकामना मन्तव्य राखेको कार्यक्रममा कृषक गणेश प्रसाद बन्जाडे,गोपालप्रसाद बस्याल,गणेश घिमिरेले घाँस,मेसिन,बजारीकरणको लागि गाडी लगायतका समस्या राख्नुभएको थियो ।कार्यक्रम भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका बरिष्ठ चिकित्सक विष्णुप्रसाद पौड्ेलको स्वागत मन्तवय सुन्दरलाल विकको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !