वन प्राविधिक संघ लुम्बिनीको बैठकमा वन प्राविधिकहरुको पेशागत मर्यादा संरक्षण गर्ने घोषणापत्र सार्वजनिक

अर्घाखाँची ,भदौ १६ ।नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको आयोजनामा पहिलो पटक रुकुम पुर्ब को चुङ्गरिखर्क लेकमा कार्यसमिति बैठक तथा सरोकारवालासँगको अन्तक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।सरकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा उठेका सवालहरुलाई सम्बोधन गर्दै बैठकले ६ बुँदे चुङ्गरिखर्क घोषणा पत्र जारी गरेको छ ।विशेष गरि प्रदेशका वन प्राविधिकहरुको पेशागत मर्यादा संरक्षण ,आचारसंहिता पालन र गैरव्यवसायिक कार्यहरूको प्रभावकारी नियमनका गर्ने विषयलाई समावेश गरिएको हो ।


यस्तै लुम्बिनी प्रदेशमा एक स्वतन्त्र परिषद स्थापना लागि आवश्यक कानुनी व्यवस्था तथा संस्थागत संरचना निर्माण गर्न वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशलाई पहल गरि प्रदेशभित्र वन प्राविधिकहरुको पेशागत क्षमता अभिवृद्वि,पेशागत नियमन सुनिस्चित हुने र समग्र वन क्षेत्रको दिगो व्यवस्थापन दीर्घकालीन योगदान पुग्ने वातावरण सृर्जना गरिदिनका लागि अनुरोध गर्ने एवं यश कार्यमा नेपाल वन प्राविधिक संघ लुम्बिनी आवश्यक समन्वय गर्ने विषयलाई प्राथामिकतामा राखिएको संघ का अध्यक्ष केशर खड्का(केशव) ले जानकारी दिनुभयो ।

कार्यक्रममा वातावरणसँग सम्बन्धित समस्या, सम्भावना, र भविष्यको कार्ययोजना सम्बन्धमा गहन छलफल भएको हो ।

यस्तै ५ निर्णयहरू सर्बसम्मतरूपमा पारित गर्दै समुद्र सतहबाट करिव ४हजार ५सय मिटरको उचाइमा रहेको चुङ्गरिखर्क लेकमा भएको कार्यक्रमले यस क्षेत्रको विकासमा विषयविज्ञहरुको जमघटले यस क्षेत्रको विकासमा हालको अवस्था र आगामी दिनमा गर्नुपर्ने सुधारमा टेवा पुग्ने अपेक्षा राखिएको खड्को भनाई छ ।यस्तै पर्यटक आगमनको लागि पनि पहल गर्ने ।

आगामी दिनमा विषय विज्ञको सहभागीतामा बृहत कार्यक्रम गर्ने ,लुम्बिनि प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिबज्यू,वन महानिर्देशक,सल्लाहकार,रूकुम पुर्बका प्रमुख जिल्ला अधिकारी ,बिभिन्न डिभिजन वन कार्यालयका प्रमुख,रूकुमपुर्बका सुरक्षा निकायका प्रमुख,वन अधिकृत तथा स्थानिय निकायका प्रतिनिधि लाई अभियान सफल बनाउन सहयोग गरेको धन्यवाद समेत दिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close