अर्घाखाँचीमा थप ३० जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यो सहित हाल जिल्ला मा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८६ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिका १ जना र पाणिनी गाउँपालिकामा १ जना गरि २ जना संक्रतिमको मृत्यु भए सँगै कोरोनाको द्रोस्रो लहर सूरु भए यता जिल्ला मा १० जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !