अर्घाखाँचीमा दाइद्वारा भाइको हत्या

सागर महत, असार १३ अर्घाखाँची ।
अर्घाखाँचीमा आफ्नै दाइले बन्चरो प्रहार गरि भाइको हत्या गरेका छन् । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ६ पाखापानी निवासी ४२ बर्षिय बिष्णु बहादुर बादीले आफ्नै ३२ बर्षिय भाइ बमबहादुर बादीको बन्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बिहिवार साँझ घटना घटेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।घाइतेको उपचारको लागि बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको उहाँको भनाई छ ।

घटना घटाएर फरार रहेका अभियुक्तलाई भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय ठाडा बाट खटिएको प्रहरीको टोलिले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक मल्लले बताउनुभयो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close