अर्घाखाँचीमा श्रीमतीको हत्या गरि भान्साकोठामा गाड्ने श्रीमान पक्राउ

सागर महत,भदौ १७,अर्घाखाँची ।
अर्घाखाँचीमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन ।आफ्नै घरको भान्साकोठामा खाडल खनी गाड्ने ३६ वर्षिय किरण गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ४ पातलेपोखरा बस्दै आएका उनले ३४ वर्षिय श्रीमती सुमित्रा कुमाल ( गुरुङ) को बाँसको लाठि र हँसियाले पछाडिको भागले शरीरको विभिन्न भागमा हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
केटी पक्षका आफन्तले हराएपछि प्रहरीमा खबर गरेपछि बल्कोट प्रहरी चौकीले खोजी कार्य अगाडी बढाएको सोहि बमोजिम फेला पारेको आज पत्रकार सम्मेलनबाट जानकारी दिनुभएको हो ।
भदौं १२ गते राति घरमा श्रीमान श्रीमतीको विवाद भई हत्या गरी कम्बलमा पोको पारी आफ्र्नै घरको भान्साकोठामा खाडल खनि गाडेको अवस्थामा प्रहरीले भदौ १६ गते शव सडेको अवस्थामा प्रहरीले फेला पारी पोष्टमाटको लागि अर्घाखाँची अस्पतालमा ल्याएको प्रहरी नायव उपरिक्षक मल्लको भनाई छ ।उनले मादक पदार्थ पनि सेवन गरेका थिए ।
हत्या गर्ने गूरुङको घर प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर १मा रहेको र पछिल्लो समय छत्रदेव ४ मा बस्दै आएका थिए ।दुबै जनाले दोस्रो विवाह गरेको १० वर्ष पुगेको थियो । प्रहरीले हत्या गर्न प्रयोगगरेका बाँसको लाठि,हँसिया,गैँची,बेल्चा सानो कोदालो,रक्सीको बोतल बरामद गरेको छ ।
उनकी नौ वर्षि छोरी रहेको र घटनाको बारेमा बाहिर कोहि कतै जानकारी दिएमा तलाई पनि यहि गाड्ने भनेपछि छोरीले घटना बाहिर सार्वजनिक गर्न नसकेको बताएको छ ।श्रीमानका पुर्व श्रीमती तर्फ २ छोरी र श्रीमतीका पुर्व श्रीमान तर्फ ३ छोरी रहेको जनाएको हो। यहिले गुरुङलाई हिरासतमा राखेर अनुसन्धान गरिएको छ ।
कमेन्ट गर्नुहोस !