नेबिसंघ अर्घाखाँचीद्वारा ज्ञान प्रकाश माबी सल्लिकोटमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिक्रम पाण्डे /अर्घाखाँची
नेपाल विद्यार्थी संघ अर्घाखाँचीको आयोजनामा ज्ञान प्रकाश माध्यमिक बिद्यालय सन्धिखर्क १२ सल्लिकोटमा बिद्यार्थीहरु माझ अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सदस्य पिताम्बर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्व जिल्ला कोसाध्क्ष हरि बहादुर खड्का , पुर्व क्षेत्रीय कोसाध्यक्ष छन्दलाल श्रेष्ठ , नेपाल तरुण दल जिल्ला अध्यक्ष नारायण खड्का , नेपाली काङ्ग्रेस सन्धिखर्क नगर सचिव कृष्ण कुमार बस्याल ,नेपाली काङ्ग्रेस सनपा १२का सभापती लिलाधर बस्याल ,नेबिसङ्घ जिल्ला सदस्य राजेन्द्र रायमाझी ,नेपाल शिक्षक संघ सनपा १२ अध्यक्ष दुर्गा प्रसाद बस्याल लगायतको उपस्थित रहेकी थियो ।

No description available.
बिद्यार्थीहरुलाई प्रशिक्षण दिदै पुर्व तरुण दल जिल्ला अध्यक्ष खनालले आजका बिद्यार्थी भोलीका देशको नेतृत्व गर्ने तहमा पुग्ने बताउदै बिद्यार्थीले पढाई सङ्गै देशको राजनीतिक , सामाजिक अबस्थाको पनि जानकारी लिनु पर्ने बताउनु भयो ।कार्यक्रममा तरुण दल जिल्ला अध्यक्ष नारायण खड्का , नेपाली काङ्ग्रेस सन्धिखर्क १२ सभापती लिलाधर बस्याल लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रममा नेपाल विद्यार्थी संघ ज्ञान प्रकाश माबीको समिती समेत गठन गरिएको छ । हिमाल बस्यालको अध्यक्षतामा ५१ सदस्यीय ज्ञान प्रकाश माबी मुल ईकाई समिती गठन भएको हो । जस्को उपाध्यक्षमा अनिता पाण्डे , सचिवमा सृष्टि बन्जाडे , सहसचिवमा अशोक बस्याल , कोसाध्यक्षमा राधिका पाण्डे , सदस्यमा सम्झना कुवर , सम्राट बस्याल , श्रेया पौडेल लगायका रहेका छन्

No description available.
। कार्यक्रम नेबिसंघ जिल्ला अध्यक्ष भरतमणी भट्टराईको सभापतित्व , सचिव कृष्ण भुसालको स्वागत मन्तब्य तथा नेपाली काङ्ग्रेस सन्धिखर्क १२ का सचिव तारा प्रसाद बस्यालको सन्चालनमा सम्पन्न भएको हो ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close