अर्घाखाँचीको एक मात्र चियाबगानमा झारपात गोडमेल

अर्घाखाँची,साउन २९ ।अर्घाखाँचीको एक मात्र चियाबगानलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले बताउनुभएको छ । नगरपालिकाको वडा नम्बर १० को सेङलेङको चियाबगानमा आयोजित गोडमेल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । देउराली–लालिगुराँस सामुदायिक वनको करिब २० रोपनी क्षेत्रफलमा लगाइएका २१ हजार थान चियाको बोट रहेको बगैचामा रहेको झारपात गोडमेल कार्यक्रममा बोल्दै उहाँले यस्तो बतो बताउनुभएको हो ।यस्तै चिया खेतीको उत्पादनले २ वर्ष भित्रमा प्रतिफल दिने भएकाले नगरपालिकाले बजारीकरण गरिदिने नगरप्रमुख थापाले बताउनुभयो ।
सेङलेङको चियाबगानमा गोडमेल गरि अन्तराष्ट्रिय युवा दिवस मनाएको हो । हरेक बर्ष अगस्ट १२ मा मनाइने युवा दिवसको अवसरमा भूमिकास्थान नगरपालिका नगरस्तरिय युवा सञ्जालको आयोजनामा कार्यक्रम गरिएको संस्थाका अध्यक्ष टेकराज भुसालले जानकारी दिनुभयो ।विरुवा संरक्षणमा टेवा पुगोस भनेर कार्यक्रम आयोजना गरिएको जनाएको छ ।कार्यक्रम मा वडा अध्यक्ष,स्थानीय कृषक लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !