पत्रकार महासंघको अध्यक्षमा शर्मा निर्वार्चित

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी हुनु भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार शर्माले ४ हजार २८२ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गर्नु भयो । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गर्नु भयो ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार ८८६ मत प्राप्त गर्नु भयो । उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा गंगा पौडेल बरालले दुई हजार ६४४ मत प्राप्त गर्नु भयो ।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार २९२ मत प्राप्त गरी विजयी हुनु भयो । उहाँका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गर्नु भयो ।
महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार ९२९ मत प्राप्त गर्नु भयो । सचिव खुलामा रमेश खतिवडाले तीन हजार ४०० मत प्राप्त गरी जित हात पार्नु भयो । सचिव महिलामा सोनी शर्माले चार हजार ३४७ मत प्राप्त गरी विजयी हुनु भयो । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले तीन हजार ५३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार ८५८ मत प्राप्त गरी विजयी हुनु भयो । सचिव दलिततर्फ प्रकाश धौलाकोटीले चार हजार ११०, सचिव एसोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार ६४५ मत प्राप्त गरी जित हासिल गर्नु भयो ।
कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले तीन हजार ८४७ मत प्राप्त गरी विजयी हुनु भयो ।
कमेन्ट गर्नुहोस !