अर्थतन्त्र सुधार अवस्थामा छःप्रधानमन्त्री प्रचण्ड

अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा अर्थतन्त्रमा धेरै सुधार आएको दाबी गर्नुभएको छ ।अर्घाखाँचीमा सोमबारदेखि सुरु भएको पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्घाट्न गर्दै उहाँले आफू प्रधानमन्त्री हुनु अघि देशको अर्थतन्त्र धरासायी अवस्थामा रहेका तर अहिले विदेशी मुद्राको सञ्चिति, पर्यटकको आगमन, रेमिट्यान्स, राजश्व संकलनको वृद्धिले ब्यापक सुधार आएको जिकीर गर्नुभयो ।

सरकार संघिय निजामती ऐन पारित गर्ने तयारीमा रहेको भन्दै प्रधानमन्त्री दाहालले प्रदेश सरकारलाई बलियो बनाउन गृहकार्य गरिरहेको बताउनुभयो ।भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, अवैध सुन तस्करी काण्डमा आफ्नै अग्रसरतामा छानबिन भइरहेको भन्दै प्रधानमन्त्री दाहालले राष्ट्रको आवश्यक्ता र जनताको चाहना अनुसार काम गर्ने बताउनुभयो ।

कार्यक्रममा गोरुसिंगे–सन्धिखर्क सडक, जिल्ला अस्पताल निर्माणलगायतका समस्या समाधानका लागि ध्यानाकर्षण गराइएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close