चुनाव केन्द्रित पाँच दलीय सत्ता गठबन्धन बैठक बस्दै

काठमाण्डौं ।आज पाँच दलीय सत्ता गठबन्धन बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित बैठक बिहान ९ बजे पछि सुरु हुने जनाएको छ ।शुक्रबार प्रधानमन्त्री देउवासहित गठबन्धनका तीन शीर्ष नेताबीचको छलफलपछि आज पुनः बैठक बस्ने तय भएको थियो ।

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेता सहभागी हुनेछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close