नेपालले फुटबल खेलमा चाइनिज ताइपेइलाई दुई गोलले हरायो

काठमाण्डौं ।नेपालले फुटबल खेलमा चाइनिज ताइपेइलाई हराएको छ ।जसमध्ये चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो ।नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गर्नुभएको थियो। यस्तै
फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरण खेलमा नेपालले दोस्रो जित हात पारेको हो ।
समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ ।यस्तै चाइनिज ताइपेई अङ्कविहीन रहेको छ । नेपाल रहेको समूह बी मा अष्ट्रेलिया ४ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ।
कमेन्ट गर्नुहोस !