आईसीसी एकदिवसीय विश्वकप किक्रेटमा नेपाल विजयी

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ ।जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १सय८२ रनको नेपालले ४४ औं ओभरमा भेट्टायो ।
ब्याटिङमा सुरूवातमै धर्मराएको नेपालका लागि मध्यक्रममा आएका अलराउन्डर दीपेन्द्रले उत्कृष्ट प्रदर्शनमा जित निकाल्न सफल भएको हो।दीपेन्द्रले ७ चौका र २ छक्काको मद्धतले ८५ बलमा ७९ रन जोडे। उनलाई सन्दीप लामिछानेले साथ दिए।
कमेन्ट गर्नुहोस !