नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण महिला फुटबल खेल आज

काठमाण्डौं ।नेपालको महिला राष्ट्रिय फुटबल टिमले आज घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल्ने भएको छ । दशरथ रंगशालामा ५ बजे खेल सुरु हुनेछ । नेपाली महिला फुटबल टोली २०२२ को एएफसी महिला एसियन कप छनोटको तयारीमा छ ।यस्तै रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो। यसअघि सन् २०१६ डिसेम्बरमा मलेसियासँग नेपालले एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलेको थियो।बंगलादेश–नेपालबीच अहिलेसम्म भएका खेलमा नेपालको प्रदर्शन माथि छ। तर, यसपल्ट नियमित खेलाडी सावित्रा भण्डारीको अनुपस्थितिमा नेपाली टोली केही दबाबमा हुने देखिएको छ।
कमेन्ट गर्नुहोस !