नेपाली कांग्रेस अर्घाखाँची सय दिने संगठन सुधारमा जुट्यो

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँची संगठन सुधारको १०० दिने अभियान अन्तरगत भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जिमा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।जिल्ला प्रतिनिधि खटिनुभएका नेपाली कांग्रेस महासमिति सदस्य लेखनाथ पोख्रेलले यो अभियानले पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने बताउनुभयो ।


सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी हुने बताएको छ ।भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीमा भएको कार्यक्रम कार्यबाहक वडा सभापति टिकाकला बेल्वासेको सभापतित्व झबिन्द्र बन्जाडे को सन्चालनमा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठका अनुसार भ्रातृ र शुभेच्छुक सङ्गठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने छ ।यो अभियान आउँदो पुस १६ गते समापन हुनेछ ।अर्घाखाँचीमा ६१ वटै वडामा प्रतिनिधी खटिएका हुन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close