प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाण्डौं । प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ओखरपाटामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको हो ।नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेको थियो ।
जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको छ ।बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिनुभयो।
दुर्घटनामा गम्भीर घाइते भएका अन्य पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको थापाले बताउनुभयो ।मृतकको पहिचान खुल्न सकेको छैन ।
कमेन्ट गर्नुहोस !