सन्धिखर्कमा १ दिने मधुमेह अर्थात सुगर रोगका बिरामीहरुको आँखा जाँच शिविर सम्पन्न

सन्धिखर्क ।जिल्ला आँखा उपचार केन्द्र सन्धिखर्क अर्घाखाँचीको आयोजनामा सुक्रबार १ दिने शिविर सम्पन्न भएको छ। शिविरमा मधुमेह अर्थात सुगर रोग भएका बिरामीहरुको आँखा पर्दा (रेटिना)जाँच गरिएको छ । नेपाल नेत्र ज्योती संघ जिल्ला आँखा उपचार केन्द्र सन्धिखर्क अर्घाखाँचीको आयोजना र रण अम्विका शाह आँखा अस्पताल भैरहवाको संयुक्त आयोजनामा मधुमेहका विरामीहरुको आँखाको पर्दा, रेटिनाको जाँचको शिविर सम्पन्न भएको हो।
विशेष गरि सुगरका विरामीहरुलाई मात्र लक्ष्यित गरेर गरिएको आँखा शिविरमा करिव १सय जना मधुमेह र उच्चरक्तचाप भएका विरामीले आँखा जाँच तथा परापर्श पनि दिएको जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरेले जानकारी दिनुभयो ।
शिविरमा चेकजाँच गराएका विरामीमध्ये १३ जनालाई थप उपचारको लागि भैरहवा रिफर गरिएको उहाँले बताउनुभयो ।मधुमेह भएको थाहा पाउन साथ जति सकिन्छ छिटो जाँच गराउन सके दृष्टि जोगाउन सकिने जानकारी दिनुभयो । भैरहवा उपचार गराउन जान पर्ने बिरामीले सन्धिखर्कमा उपचार गराउन पाएपछि बिरामी पनि निकै खुशी भएका थिए ।
कमेन्ट गर्नुहोस !