अर्घाखाँचीमा थप २० जनामा कोरोना पुष्टि,१० जना डिस्चार्ज

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ४ जना,मालारानी गाउँपालिकामा २ जना र पाणिनी गाउँपालिकामा १४ जना गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २९ सय ८२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट १० जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २५सय८४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ३ सय २९ रहेको छ । यस्तै कोरोना संक्रमण कारण जिल्लाभरमा मृत्यु हुनेको संख्या ६९ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close