काठमाडौंमा १६ गतेदेखि निषेधाज्ञा गरिने

काठमाण्डौं ।कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा आउँदो वैशाख १६ गतेदेखि एक सातको लागि निषेधाज्ञा जारी गरिने भएको छ ।
आज बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।निषेधाज्ञा क्रममा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने तयारी छ ।
कमेन्ट गर्नुहोस !