अर्घाखाँचीको छत्रदेवमा रहेकोे महेन्द्र विद्याबोध माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाए

छत्रदेव ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा रहेकोे महेन्द्र विद्याबोध माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन ।
विद्यालयका २ शिक्षकहरु सरुवा गरेको विषयमा उनीहरुले ताला बन्दी गरेको विद्यालयले जनाएको छ । उनीहरुले शिक्षकहरुको सरुवा गर्नु हुँदैन भनेर ताला लगाएको बताएको छ ।
विद्यार्थीहरुले नाराबाजी गर्दै गाउँपालिका पुगेर अध्यक्ष चन्द्रमान श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका थिए। सम्पूर्ण अभिभावक संग छलफल गरि गरिएको निर्णय विद्यार्थीले नमानेकोले पुनः छलफल गरिने गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनु भएको छ। पठनपाठान सोमबारबाट नियमित हुने समेत जनाएको छ ।
कमेन्ट गर्नुहोस !