छत्रदेव गाउँपालिकामा रहेको भगवती स्वास्थ्य चौकी भवनको उद्घाटन

प्रेमनारायण /अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ को भगवती स्वास्थ्य चौकी भवनको आज उद्घाटन भएको छ ।
गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले भवनको उद्घाटन गर्नु भएको हो । १ करोड ६५ लाखको लागतमा भवन निर्माण भएको हो ।
भवन उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले भौतिक संरचना निर्माण र गुणस्तरीय सेवा प्रदान गर्न गाउँपालिका लागि परेको बताउनुभयो । उहाँले छत्रदेव गाउँपालिका नेपालकै नमुना गाउँपालिका भएको बताउदै निर्माण भएका संरचनाको संरक्षणमा स्थानीय आफै चनाखो हुनुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ , छत्रकोट गाउँपालिकाका उपाध्यक्ष नर्मदा भण्डारी , प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष कमल पौडेल, पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपाने, नेपाली कांग्रेसका जिल्ला सहसचिव मेघराज पाण्डे , नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य प्रकाश ज्ञवाली , नेकपा माओवादीका जिल्ला सदस्य जंग बहादुर परियार , राष्ट्रिय जनमोर्चाका जीवनारायण पाण्डे , नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, स्थानीय सरस्वती माविका प्रधनाध्यापक ठाकुर प्रसाद पाण्डे , निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ , महिला स्वास्थ्य स्वयं सेविका राधा पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रममा वडा अध्यक्षहरु प्रकाशराज पन्थी , तेज प्रसाद खनाल , बालकृष्ण श्रेष्ठ, एमाले पालिका उपाध्यक्ष रुपा प्रधान लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम वडा अध्यक्ष शोभाखर पाण्डेको अध्यक्षता, सदस्य गोपाल प्रसाद मरासिनीको स्वागत मन्तब्य र कमल श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा जग्गादाता भुवानन्द पाण्डे , निर्माण व्यवसायी श्रेष्ठ कन्ट्रक्सनका सञ्चालक हरि कुमार श्रेष्ठलाई सम्मान गरिएको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close