अर्घाखाँचीमा २० हजार ४ सय ३२ ले जनसंख्या घट्यो,महिलाको संख्या भन्दा पुरुषको जनसंख्या कमी

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा जनसंख्याको कमी भएको छ ।२०६८ सालमा १ लाख ९७ हजार ६ सय ३२ रहेको संख्या १० वर्ष पछिको गणनामा २० हजार ४ सय ३२ ले कमी भएको जनाइएको छ ।बुधबार केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको विवरण अनुसार २०७८ मा आउँदा १ लाख ७७ हजार २ सय जनसंख्या पुगेको छ ।
जनसंख्या घट्नुको मुख्या कारण बसाइसराई, जन्मदरमा कमी,वैदेशीक रोजगार,ढिलो समयमा विवाह गर्नु लगायतका कारण रहेका छन । जिल्लामा घर संख्या ४५ हजार १९ रहेको भने परिवार संख्या ४९ हजार ८० पुगेको छ ।
यस्तै महिलाको जनसंख्या भन्दा पुरुषको जनसंख्या १५ हजार १ सय ७४ ले कमी रहेको विभागले सार्वजनिक गरेको विवरणमा छ । जसमध्ये महिलाको जनसंख्या ९६,हजार १सय८७ र पुरुषको जनसंख्या ८१ हजार १३ रहेको छ ।
यस्तै तिन नगरपालिका र तिन गाउँपालिका रहेको जिल्लामा सन्धिखर्क नगरपालिकाको जनसंख्या ४२ हजार ५सय ४८ ,शितगंगा नगरपालिकामा ३७ हजार ८ सय ८८,भुमिकास्थान नगरपालिकामा २८ हजार ३ सय १७ ,मालारानी गाउँपालिकामा २३ हजार ७सय ८०,पाणिनी गाउँपालिकामा २२ हजार ३सय ३० र छत्रदेव गाउँपालिकामा २१ हजार ६ सय ९१ जनसंख्या रहेको छ ।
कमेन्ट गर्नुहोस !