३ दिन सम्म पानी पर्ने सम्भावना

काठमाण्डौ ।आज, भोलि र पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेकोे छ ।अन्य प्रदेशमा पनि वर्षाको सम्भावना छ । आज तराईका केही जिल्लामा पनि पानी पर्ने मौसमविद् झाले जानकारी दिनुभयो ।
पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र तराईमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । भोलि र पर्सिको मौसम पनि आजको जस्तै रहने मौसमविद्ले बताएका छन् ।
कमेन्ट गर्नुहोस !