सरकारले संसद छलेर अध्यादेश ल्यायोःश्रेष्ठ

सागर महत,सन्धिखर्क ।नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको सरकारले संसद छलेर आधा दर्जन अध्यादेश ल्याएको आरोप लगाउनुभएको छ। सरकारले संसद्को अधिवेशन सुरु नहुँदै अध्यादेश ल्याएको आरोप लगाउनुभएको हो। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रेस सेन्टरले आयोजनामा गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारको नीति र कार्यले जनतामा विश्वास पैदा गर्न सकेको छैन।

सुशासन र पारदर्शिता लागू गर्न आवश्यक छ, तर अहिलेको शासनले त्यसतर्फ ध्यान नदिएको बताउनुभयो ।सरकारले जनताको वास्तविक चाहनाहरूसँग मेल खाएर काम गर्न सकेमात्र देशमा वास्तविक परिवर्तन ल्याउन सकिने बताउनुभयो ।

यस्तै अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको दिनचर्या विशेष गरी भारत भ्रमणमा जाँदै छु र सरकार पुरा अवधि टिक्छ भन्दै गर्दा सरकारको अवधि सकिने उपाध्यक्ष श्रेष्ठको भनाइ छ । माओवादी सरकारले भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चालेको थियो। भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई कारवाही गर्न हामी दृढ थियौँ।

अहिलेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाउनुभयो । माओवादी सरकारले भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चालेको थियो। भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई कारवाही गर्न थालेपछी सरकार ढालिएको बताउनु भयो । लोडसेडिङको अन्त्य र मिटरब्याज पीडितलाई न्याय दिलाउने काम पनि माओवादी सरकारले गरेको दाबी गनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close