घरेलु कार्यालय अर्घाखाँचीको आयोजनामा सिलाई कटाइ सम्बन्धी तालिम सुरु

सन्धिखर्क ।घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा ४५ दिने सिलाई कटाइ सम्बन्धी तालिमका एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडामा सुरु भएको तालिमको उद्घाटन गदै वडा अध्यक्ष हुमप्रसाद बञ्जाडेले तालिमले रोजगार सृर्जना गर्न एउटा माध्य बन्ने बताउनुभयो ।

यस्तै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनाललेतालिम प्राप्त गर्नु मात्र ठुलो विषय नभएकाले सबै भन्दा तालिम अवधि भर सिप आर्जन गरी आत्मनिर्भर भएर स्वरोजगार बन्न आग्रह गर्नुभयो ।कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयका सुचना अधिकारी लक्ष्मीप्रसाद दाहालको सञ्चालनमा सम्पन्न भयो ।

कार्यक्रममा कार्यपालिका सदस्य लिला भुसाल, वडा सदस्य मनकला विक, पत्रकार अर्जुन भुसाल, प्रशिक्षक लक्ष्मी श्रेष्ठ लगायतको पनि सहभागीता रहेको थियो।तालिममा किमडाडाका १५ जना महिलाको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close