CYC लघुवित्तले गर्यो मृतकको कर्जा मिनाहा,किरिया खर्च पनि प्रदान

तेजेन्द्र समशेर पाण्डेय,अर्घाखाँची । CYC नेपाल लघुवित्त वित्तिय संस्था छत्रगन्जले दुर्घटनाबाट निधन भएकी छत्रदेव गाउँपालिका वडा नम्बर ५ छत्रगन्ज भीरका सदस्य सेती ताम्राकारको ३ लाख कर्जा रकम छुट गरेको छ ।

उनले उक्त लघुवित्तबाट दुई पटक गरि ३ लाख रकम कर्जा लिएको र ६६ हजार रकम बुझाइसकेको लघुवित्त छत्रगन्जका शाखा प्रमुख अजय जिसीले बताए ।

लघुवित्तले सदस्य ताम्राकारको बुझाउन बाँकी करिब २ लाख ३४ हजार रकम तिर्न नपर्ने गरि छुट गरेको छ भने किस्ता बापत उनले बुझाएको ६६ हजार रकम पनि उनकै घरमा पुगेर छत्रदेव गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण पोख्रेल सहित केही स्थानीयकाे उपस्थितिमा मृतकको परिवारलाई चेक मार्फत फिर्ता गरेको छ । सो कर्जा रकम लघुवित्तको मृतक बिमा रकम कार्यक्रम अन्तरगत छुट गरिएको लघुवित्तका शाखा प्रमुख जिसीले जानकारी दिए ।

गत असोज १० गते घर नजिकैको पसलबाट सामान किनेर फर्कदै गर्दा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल ठक्करबाट घाइते भएकी ६१ वर्षीया सेती ताम्राकारको उपचारको क्रममा असोज २२ गते भैरहवा मेडिकल कलेजमा निधन भयको थियो ।

उक्त ६६ हजार रकमसँगै बचत रकम ४२ हजार, किरिया खर्च रकम १२ हजार ५ सय समेत लघुवित्तले पीडित परिवारलाई बुझायो छ । मृतकको परिवारमा उनका श्रीमानसँगै २ छोरा, १ बुहारी, २ छोरी र १ नातिनी गरि ७ जना सदस्य छन ।

रकमको चेक बुझ्दै मृतककी छोरी मन्नु ताम्राकारले गाउँमै खुलेको यो लघुवित्त वास्तवमै नजिकको सहयोगी बनेको आफूलाई महसुस भएको बताइन । रकम फिर्ता कार्यक्रममा सहभागि वडा अध्यक्ष बालकृष्ण पोख्रेलले लघुवित्तले पीडितलाई पीडाको समयमा मलाम लगाउने काम गरेको भन्दै लघुवित्तको टिमलाई धन्यवाद दिए ।

सो लघुवित्तको छत्रगन्ज शाखामा हाल १६५० जना सदस्य र ५ जना कर्मचारीहरू कार्यरत रहेको लघुवित्तका कर्मचारी केशव भुसालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close