स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सामाजिक परीक्षणसम्बन्धी क्षमता विकास तालीम सञ्चालन

सागर महत जेठ २६,अर्घाखाँची ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा स्वास्थ्य क्षेत्रका सेवा प्रदायकहरूका लागि सामाजिक दायित्व तथा सामाजिक परीक्षणसम्बन्धी क्षमता विकास तालीम सञ्चालन गरिएको छ।

तालीमको उद्देश्य स्वास्थ्य सेवा प्रवाहमा नागरिकको सहभागिता, पारदर्शिता, उत्तरदायित्व तथा सेवा गुणस्तरमा सुधार ल्याउनु रहेको कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।विशेष गरि यो कार्यक्रमले जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुको लागि सोहि विवरण संकलन गर्न टेवा पुग्ने अपेक्षा रहेको बताउनुभयो ।
२ दिन सम्म चल्ने तालीममा स्वास्थ्यकर्मीहरू, सेवाग्राही प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको छ।

सामाजिक परिक्षण कार्यान्वयन रणनीति, संस्थागत व्यवस्था र क्षमता विकास, सामाजिक परिक्षणका चरण र विधि लगायतका विविध विषय तालिममा समेटिएको छ।तालिममा स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वस्थ्य निरिक्षक गणेश राज पौड्ेल र बुद्वि पन्थी लगायतले सहजीकरण गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close