छत्रदेवले प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थीत गरेर लैजाने तयारीमा छःअध्यक्ष श्रेष्ठ

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको अभिमुखीकरण तथा भुमिकास्थान नगरपालिकाले संचालन गरेको कर्मशिल जनशक्ति परिचालनको बारेमा अनुभवका बारेमा पस्तुतीकरण कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले एक अर्केामा अनुभव साटासाट गर्नले थप कार्ययोजना बनाउन सहज हुने बताउनुभयो ।प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि गाउँपालिकाले अब के गर्दा राम्रो हुन्छ भन्ने विषयमा वडा अध्यक्षहरु  योजना बनाउनको लागि आग्रह गर्नुभयो ।


रोजगार कार्यक्रममा सुचिकृत गर्दा मापदण्ड पुरा गरेका लाई मात्र समावेश गर्न प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरेले निर्देशन दिनुभयो ।अझै पनि सुचिकृत हुँदा खास विपन्न परिवार समावेश नभएका गुनासा आउने गरेका छन। यसलाई सोहि अनुसार समावेश गर्न आग्रह गर्नुभयो ।


यस्तै कर्मशिल जनशक्ति परिचालनको विषमा गाउँपालिकाले छुटै बहस गर्ने बताउनुभयो ।सहजकर्ताको अनुभव साटने क्रममा भुमिकास्थान नगरपालिकाले संचालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रमको बारेमा नगरपालिका योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले जानकारी गराउनुभएको हो ।


कर्मशिल महिला उद्यमी तयार गरि मकैको पोष्कर र थाकलबाट टोपी र झोलाको तालिम प्रदान गरि सकिएको र उनीहरु अब आयआर्जन मुखी काम गर्न सुरु गरेका छन ।त्यसको बजारीकरणको लागि सहजीकरण गरेको जानकारी गराउनुभयो ।यस्तै बाँझो जग्गा खनेर गहत, प्याज खेती गर्न सुरु गरेको विषयमा समेत अनुभव पस्तुत गर्नुभएको हो ।योजना शाखा प्रमुख भुसालले प्रधानमन्त्री रोजगार कार्यक्रम उत्पादन मुखी क्षेत्रमा परिचालन गरिएको बताउनुभयो ।यो परिक्षणको अवस्थामा छ यसलाई सफल बनाउने अभियानमा नगरपालिका लागेको समेत बताउनुभयो ।यस्तै भुमिकास्थान नगरपालिका रोजगार संयोजक पुष्कर मिश्रले पालिकाले संचालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम बाट भएका गतिविधि पनि पस्तुत गर्नुभएको हो ।
छत्रदेव गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमल पौडे्लले राज्यको लगानी उत्पादन क्षेत्रमा लगाउन आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थी,वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको कार्यक्रम छत्रदेव गाउँपालिका रोजगार संयोजक सन्तोष भुसालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close