सन्धिखर्कमा औषधि पसलको अनुगमन

सागर महत,सन्धिखर्क ।
स्वास्थ्य मन्त्रालयले देशरभरका औषधि पसलको अनुगमन सुरु गरेको छ । जसअन्तर्गत अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि औषधि पसल जिल्ला प्रशासन कार्याल अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको संयोजकमा अनुगमन गरिएको हो ।


घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा गरिएको अनुगमनको क्रममा सान बोर्ड डबल नाममा राखेको,अनुमती विन केही औषधि बिक्री गरेको र कम पुँजी देखाएको पाएको छ । त्यस्ता पसलाई सुधार गर्नको लागि एक हप्ताको समय दिएको सहायक प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो ।

बजार अनुगमनमा स्वास्थ्य कार्यालय र सन्धिखर्क नगरपालिकाले पनि समन्वय गरेको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सन्तोष खनालले बताउनुभयो । अनुगमनमा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडे्ल,सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, औषधि व्यवसायी संघका प्रतिनिधि टंक प्रसाद भुसाल ,घरेलु कार्यालयका कर्मचारी हुम बहादर विक,जिल्ला प्रहरीका शेरबहादुर थापा लगायतको सहभागीतामा अनुगमन गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close