सुशासन र पारदर्शीता कायम गर्न पत्रकारीता क्षेत्रको भूमिका महत्वपूर्ण छःमुख्यमन्त्री आचार्य

सन्धिखर्क ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शीता कायम गर्न पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार अन्त्यका लागि सुशासन र जवाफदेहिता कायम गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।सरकारका कमिकमजोरी छन् भने पनि त्यसलाई बाहिर ल्याएर सरकारलाई समेत सजग र सतर्क बनाउन यहाँहरुले भूमिका खेल्नुहुने आग्रह गर्नुभयो ।

पत्रकार महासंघ अर्घाखाँचीमा गणेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको हो ।

व्यावसायिक पत्रकारिता अहिलेको आवश्यकता रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले पत्रकारीता क्षेत्रमा देखा परेका विकृति र विसंगति अन्त्यका लागि पनि ध्यान दिन आग्रह समेत गर्नुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close