अर्घाखाँचीका युवालाई भैरहवाबाट उद्वार गरि उपचारको लागि अस्पताल लगियो

सन्धिखर्क । विगत केही दिनदेखि रुपन्देहीको भैरहवाको बजारमा भेटिएका युवा अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी का राजु नेपाली भएको स्थानीयले बताएका छन ।
भेटिदाको तस्वीर
भेटिएका व्यक्तीको परिवारलाई सम्पर्कमा आउन समेत अनुरोध गरिएको छ ।मानसिक समस्या भएका नेपालीलाई सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा अधिकारीको पहलमा उद्वार गरि भिम अस्पताल भैरहवामा प्राथामिक उपचार गरी थप उपचारको लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा रिफर गरिएको उहाँले बताउनुभएको छ ।यस्तै नेपालीको खुट्टामा चोट लागेको बताएको छ ।
उद्वारपछिको तस्वीर
कमेन्ट गर्नुहोस !