मालारानी गाउँपालिकाको ८० करोड ३३ लाख २४ हजार बजेट

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ लागि ८० करोड ३३ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ ।जसमा कृषि, पर्यटन,सहकारी,स्वस्थ्य ,शिक्षा ,खानेपानी लगायतका क्षेत्रमा प्राथाममितामा राखेर बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।
कृषि तर्फको बजेट बाट युवा लाई सहुलियत रुपमा कर्जा प्रदान गर्ने , उत्पादनको आधारमा अनुदान ,गाउँपालिका भित्र भेटनरी अध्ययान गरेका लागि मासिक रुपमा राहत प्रदान गर्ने,एमबिबिएस , ईन्जीनियर अध्ययान गर्ने लक्षीत बर्गलाई छात्रबृति दिने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।कोरोनाकारण रोजगारी गुमाएका नागरिकहरुलाई पालिकामा स्वरोजगार बनाउने,कृषि पेशालाई प्रोत्साहित गर्ने साथै तरकारी, जडिबुटी तथा फलफूल खेतीलाई क्षेत्रफलको आधारमा प्रोत्साहन गरिने ,स्वस्थ्य क्षेत्रमा पालिका भित्रनै सहज उपचार होस भनी १५ सैयाको अस्पताल निर्माण कार्य गर्नको यो वर्ष पनि बजेट समावेश छ भने पर्यटकीय क्षेत्रको महत्व पुर्ण क्षेत्र भएकाले पर्यटक भित्राउनको लागि धार्मिक स्थल मालारानी मन्दिर लगायतका गाउँपालिका भित्र पर्ने पर्यटकीय क्षेत्रको संमरक्षण लगायत लाई समावेश गरेर बजेट ल्याईएको प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !