राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी चयन

सन्धिखर्क ।राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा पुन थम्मन केसी चयन हुनुभएको छ । सदरमुकाम सन्धिखर्कमा यही वैशाख ८ र ९ गते सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा सर्वसहमत नयाँ कार्यसमितिको चयन भएको छ ।
आज सन्धिखर्कमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार उपाध्यक्ष गोपाल पौडे्सचिव बाबुराम पन्थी सुनार सह सचिव लिला भुसाल,कोषाध्यक्ष गोविन्द विसी लगायतका पदाधिकारी रहेको नेतृत्व चयन भएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

यस्तै पाँचौ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिले खाँचीकोटमा उत्खन भएको चुनढुङ्गा उत्खनन गर्दा खानेपानी लगायतका क्षेत्रमा पारेको प्रभाव बारेमा सम्बन्धीत निकाय संग छलफल गर्ने असार देखि भदै सम्म संगठन सुधारको लागि वडा पालिकामा प्रशिक्षण कार्यक्रम संचालन गर्ने,पौष सम्म सदस्यता वितरण, कमिटी गठन ,माघ फागुनमा अन्तरपालिका कार्यक्रम गर्ने लगायतका योजना रहेको अध्यक्ष केसी बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close