युवा महिलाले सबै क्षेत्रको नेतृत्व गर्नु पर्दछःमहिला नेतृ क्षेत्री

सन्धिखर्क ।नेकपा एमाले महिला नेत्री प्रमिला क्षेत्रीले युवा महिलाले सबै क्षेत्रमा नेतृत्व गर्नु पर्ने बताउनु भयो। नेकपा एमालेले हरेक कमिटीमा युवाको प्रतिनिधित्व सुनिश्चित गरेकोले युवाहरुको क्षमता विकास गर्नु पर्ने बताउनु भयो । अखिल नेपाल महिला संघले सन्धिखर्कमा आयोजना गरेको प्रथम युवा भेलालाई सम्बोधन गर्दै क्षेत्रीले अहिलेको प्रविधि र सुविधाले संगठन गर्न सहज भएको र राज्यका निकायमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित हुँदै गएको बताउनु भयो ।

नेकपा एमाले अर्घाखाँचीका उपाध्यक्ष सम्भु पोख्रेललले महिला दिदीबहिनीहरुको क्षमता विकास सगै पार्टी नेतृत्वमा महिला सहभागिता सुनिश्चित गरिएको बताउनु भयो ।महिला युवालाई संगठन प्रति रुचि जगाउन र नेतृत्व विकास गर्नको लागि महिला युवा भेलाको आयोजना गरिएको बताउनु भयो ।

अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य विष्णु आचार्यले अब हुने स्थानीय तहको निर्वाचनमा ६१ वटै वडा र ६ वटै स्थानीय तहमा महिला उम्मेद्वार हुनुपर्ने बताउँदै त्यसै अनुसारको क्षमता अभिबृद्धि गर्नु पर्ने बताउनु भयो । कार्यक्रमा नेपाल उद्योग व्यवसायी महासंघ जिल्ला अध्यक्ष पार्वता श्रेष्ठ, अनेमसंघ युवा लुम्बिनी प्रदेश कमिटी सदस्य पवित्रा सापकोटा ,नगर कमिटी सदस्य सरस्वती खड्का लगायतले भेलाको सफलताको शुभकामना दिनु भएको थियो ।

पहिलो भेलाले बिमला केसीको अध्यक्षतामा १५ सदस्य रहेको नयाँ कार्य समिति चयन भएको छ। जसको उपाध्यक्षमा विष्णु मायाँ भुसाल न्यौपाने , सचिवमा सुशिला पन्थी ,सह सचिवमा गीता सुनार र कोषाध्यक्षमा पुष्पा आचार्य सर्वसहमत निर्वाचित हुनु भएको छ। कार्यक्रम अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष दीपा आचार्यको अध्यक्षता र सचिव सरस्वता खनाल को सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close