अर्घाखाँचीमा थप ८३जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो केहि दिन यता कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमण बढ्दै गएपनि सम्बन्धीत निकायले रोकथामको लागि कुनै कार्य गरेका छैन ।यस्तै गएको २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ३० जना,भुमिकास्थान नगरपालिकामा ४५ जना,मालारानी गाउँपालिकामा ४ जना ,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै हाल सम्म जिल्लाभरमा कुल कोरोना संक्रमितको संख्या ३ हजार ९६ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३२ जना कोरोन मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २६ सय २८ पुगेको छ ।अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ९९ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close