अर्घाखाँचीमा बसले किचेर एक महिलाको मृत्यु

सन्धिखर्क ।अर्घाखाँचीमा बसले किच्दा एक जनाको मृत्यु भएको छ ।शितगंगा नगरपालिका १४ सुखौरा हडाहामा बसले किचेर ७६ वर्षीया इन्द्रकला भट्टराईको मृत्यु भएको छ।कपिलवस्तुबाट अर्घाखाँची सिमलपानी छेडा जाँदै गरेको लु १ ख ८७५८ नम्बरको बसको पछिल्लो टायरले किच्दा ७६ वर्षीया भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बस चढेर घर आइपुगेपछि झर्ने क्रममा बस गुड्दा बसको पछाडिको टायरले भट्टराईलाई किचेर घाइते भएकी महिलाको उपचारका क्रममा कपिलवस्तुको सामुदायिक अस्पताल पिपरामा मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कमेन्ट गर्नुहोस !