अर्घाखाँची जोड्ने ठुला सडकहरुमा बजेट कमि हुदैन महानिर्देशकः पोख्रेल

सुर्य प्रसाद भुसाल , अर्घाखाँची ।सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सडकमा राम्रोसँग काम गराउन सडक कार्यलयका प्रमुख हरुलाई निर्देशन दिएका छन । नेपाल का सडकहरु गुणस्तरीय छन भन्ने कुरा नेपाली जनताले महशुस गर्ने गरि सडकका कामहरु हुनु पर्ने आफुहरुको भनाइ रहेको महानिर्देशक पोख्रेलको भनाइ छ । काम सम्पन्न भएका तर भुक्तानी नपाएका निर्माण व्यवसायीको भुक्तानी कामको आधारमा अर्थ मन्त्रालय सग समन्वय गरि भुक्तानी दिने गृहकार्य भईरहेको पोख्रेलले बताएका छन् । पोख्रेल ले  हामिले सिफारिस गर्ने तर, यो भुक्तानी को कुरा अर्थ मन्त्रालयमा निर्भर हुने भएको ले सोही अनुसार अगाडि बढ्ने बताए ।

अर्थमन्त्रालयले जति छिटो गर्छ, त्यति छिटो निर्माण व्यवसायीहरु को सडक कार्यलय हरु मार्फत भुक्तानी गर्न सकिने उनले बताए । पहाडि सडकहरु को स्थलगत निरिक्षण गर्दै अर्घाखाँची को सालझन्डि सन्धिखर्क ढोरपाटन को अनुगमन मा आएका महानिर्देशक पोख्रेल ले अनुगमन गर्दा सडकको काम सन्तोष जनक देखिएको बताएका हुन् ।

यस्तै, बुटवल नारायणघाट सडक खण्डका कारण विभागलाई समस्या पनि भइरहेको पनि उनले बताए । फकाएर भए पनि पुरानो निर्माण व्यवसायीलाई काम गर्न लगाउनुपर्ने अवस्था आएको पनि उनले उल्लेख गरे । ठेक्का तोडेर काम गर्दा विभिन्न समस्या आउन सक्ने भन्दै उनले सालझन्डि देखि ढोरपाटन सम्मको सडक गोरुसिङ्गे देखि सन्धिखर्क को सडकलाई बिभागले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाले अब पैसा को कमि नहुने जिकिर गरे ।

पोख्रेल ले भने सहि नियतले कार्यसम्पादन गर्दा कुनै पनि निकायबाट कारबाहीमा परिन्छ कि भन्ने डर नमानी काम कार्बाहि अगाडि बढाउन तथा नीतिगत समस्या भए मन्त्रालय ले सहजीकरण गर्छ “नेपाल का धेरै सडक हरु अझै पनि निर्माणकै चरणमा रहेकाले अब बन्ने र बनिरहेका संरचनालाई दिगो र सुरक्षित बनाउनेतर्फ ध्यान दिन पोख्रेल ले निर्देशन दिए । कार्यक्रममा सघिय सुपरिवेक्षण सडक कार्यलय पोखरा का सुई नरेन्द्र सुवेदीले जउपयोगिताका आधारमा प्राथमिकता दिइ सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक पक्ष लाई ध्यान दिन म अनुरोध गरे सुवेदीले भने ,“कुनै पनि आयोजना लामो समयसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्न सुपरिवेक्षण कार्यलय ले प्राथमिकताका साथ काम गरिरहेको छ । यस पक्षमा पनि यहाँहरूबाट सहयोग हुनुपर्छ ।

सुवेदिले प्रत्येक आयोजनाको विवरण चुस्त राख्न, अभिलेख प्रणालीलाई व्यवस्थित बनाउन र कार्यक्षेत्रमा रहेर काम गर्न कार्यालय प्रमुख तथा आयोजना प्रमुखलाई निर्देशन दिए । कार्यसम्पादनका क्रममा बेरुजु फछ्र्यौटलाई ध्यान दिँदै बेरुजु नहुने ढङ्गबाट काम गर्न उनले अनुरोध गरे । सालझन्डि सन्धिखर्क सडकको प्रगति यसको अबस्था साथै समस्या समधानका उपायका बारेमा योजना प्रमुख गागल कुमार भन्डारिले अनुगमन टोलिलाई जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close