अर्घाखाँचीका मुख्य सडकमा रातिको समयमा गाडी चलाउन प्रतिबन्ध

सागर महत,असोज १८सन्धिखर्क ।
अर्घाखाँचीको मुख्य सडक सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा आज बेलुका ६ बजेदेखि बिहान ५ बजेका लागि प्रतिबन्ध लगाएको छ ।२ दिन सम्म अर्थात असोज २० गते सम्म गाडी चलाउन प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार जल तथा मौसम विज्ञान विभागको विश्लेषण अनुसार अत्यधिक पानी पर्न सक्ने भएकाले सन्धिखर्क–गोरुसिंगे सडकमा अति आवश्यक बाहेकका गाडी चल्न रोक लगाइएको बताउनुभएको छ। यस्तै सन्धिखर्क —सालझण्डी —ढोरपाटन सडक खण्डमा पनि अति आवश्यक बाहेकका सवारी सधानमा रोक लगाएको छ ।
साथै विपद् जोखिम न्यूनीकरण गर्न तथा विपद् प्रतिकार्यमा जुट्न सबै समुदायलाई प्रशासनले आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस !