अर्घाखाँची सहितका जिल्लामा वर्षा,किसान खुशी

सन्धिखर्क। हाल मनसुनी प्रणालीको प्रभावले अर्घाखाँची सहितका जिल्लामा वर्षा भएको छ ।लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै गएराति देखि पानी परिरहेको छ ।
लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको वर्षाले केही राहत भएको स्थानीयको भनाइ छ ।गर्मीले आजित बनेका स्थानीयलाई पनि वर्ष भएपछि शितलताको महशुस भएको छ ।
कमेन्ट गर्नुहोस !