अर्घाखाँचीमा हत्या गरी गरगहना लुटेर फरार रहेका भारतीय नागरिक पक्राउ

सागर महत,अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्वाराकी राधा थापालाई हत्या गरी फरार रहेका भारतीय नागरिक पक्राउ परेका छन् ।

आइतबार बिहान ५ः३० बजे दुध लिनको लागि नजिकैको गाउँमा गएकी राधालाई भारतको गुडगाँव हरियाणा घर भई शितगंगा नगरपालिका १० को बखोरकी एक महिलासँग विवाह गरेका २३ वर्षीय सुशान्त सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

कपिलवस्तुको चन्दौटाबाट कोही नबस्ने ससुरालीको घरमा आएर बसेको मृतक राधाले गहरगहना लगाएको देखेको र सोही अनुसार योजना बनाएर लागेको र सिद्वाराकै बखोरकै खोल्सामा पुगेकी ती महिलालाई ढुङ्गा र हँसियाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

हत्या गरेदेखि १५ मिटर तल जंगलमा शव फाली गरगहना लगेर भागेको बताइएको छ । घटनामा खटिएका इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीका अनुसार थापाले लगाएका गरगहना लुटेर भाग्दै गरेका भारतीय नागरिक सिंहलाई शितगंगा नगरपालिका वडा नम्वर ११ को मुन्द्रीबासको जंगलबाट प्रहरीले पक्राउ गर्न सफल भएको हाे । सिंहलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको बताइएको छ।

हत्याराले थापाको शरिरबाट कानमा लगाउने मडहरी, सिक्री लगायतका सुनका गरगहना लुटेर लगेको उहाँले बताउनुभयो ।
राधा थापा सधैँ जस्तै आइतबार बिहान पनि बिहानै उठेर दुध लिन जानुभयो । बिहानै उठेर नजिकैको डुम्रीपाटा गाउँमा दुध लिन जाने उहाँको दैनिकी थियो ।

बहखोरमा सानो होटल ब्यबसाय गर्दै आउनु भएकी थापाले होटलमा ९ बजेसम्म नआएपछि उहाँको घरपरिवार र छिमेकीले खोजतलास गर्दा थापाको शव फेला परेकाे थियाे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close