अर्घाखाँचीमा राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या १ लाख २२ हजार बढी पुग्यो

सागर महत ,सन्धिखर्क ।अर्घाखाँचीमा राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या १ लाख २२ हजार ९सय ९१ पुगेको छ ।जसमध्ये प्रशासन कार्यालयबाट ४६ हजार ७सय ९१ र वडा स्तरको अभियानबाट ७६ हजार १सय गरि १ लाख २२ हजार ९सय ९१ राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ति समस्या गुनासा सेवाग्राहीबाट अहिले आइरहेका छन । राष्ट्रिय परिचय पत्र बनेपछि केहि समयपछि मोबाईलमा कोड नम्बर आउछ त्यो कोड नम्बरको बारेमा आफुहरुलाई कुनै जानकारी नआएको गुनासो छ ।परिचय पत्र बनेपछि अनिवार्य त्यो कोड नम्बर सोहित ल्याउन पर्छ ।यो समस्या वडा स्तरमा अभियानको क्रममा धेरै छ।समधान प्रशासन कार्यालयले गर्ने भएपनि समय बढी लाग्न सक्ने सुचना अधिकारी पन्थीले बताए।
नागरिकताभन्दा राहदानी बढि
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट गत आर्थिक वर्ष २०८०÷०८१ मा ७ हजार ६ जनाले नागरिकताको प्रमाणपत्र लिँदा ७ हजार ३६३ जनाले राहदानी बनाएका हुन्।गत आर्थिक वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको तुलनामा राहदानी बनाउनेको संख्या ३सय ३०ले बढि देखिएको छ ।
१ वर्षको अवधिमा १० हजार ८ सय ६१ वटा नागरिकताको प्रतिलिपि दिइएको, १८ वटा गैर आवासीय नागरिकता, ६ वटा वैवाहिक अङ्गीकृत नयाँ नागरिकता दिएको प्रशासन कार्यालले जनाएको छ ।
कमेन्ट गर्नुहोस !