भुमिकास्थानका कोरोना संक्रमित पुरुषको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।जिल्लाको भुमिकास्थान नगरपालिका वडा ३ का ५० वर्षिय इन्द्रबहादुर भाटको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
१६ गते पिसिआर परिक्षण गर्दा उहाँ सहित उहाँ कि श्रिमती प्रेमी भाटको कोरोना रिपोर्ट पोजेटिभ आएपछि दुबै जना अस्पतालका भर्ना भएको अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिनुभयो ।
यो सहित जिल्लामा पछिल्लो एक सातामा ४ जना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा २ जना भारतबाट आएका थिए ।हाल जिल्ला मा सक्रिय कोरोना संक्रमितको संख्या १०८ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close