नेपाल कम्युनिष्ट पार्टी बहुमत अर्घाखाँचीद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विष्णु खनाल,सन्धिखर्क।नेपाल कम्युनिष्ट पार्टी बहुमत जिल्ला समिति अर्घाखाँचीले आज लुम्बिनी प्रदेश समितिकाे निर्णय अनुसार निमित्त प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य मार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । लुम्बिनी प्रदेश समितिले जारी गरेको संघर्षका कार्यक्रम अन्तर्गत आज उक्त ज्ञापनपत्र बुझाएको हो ।
“भ्रष्टाचार विरुद्ध जनएकता अभियान´´ अन्तर्गत लुम्बिनी प्रदेश ईन्चार्ज तिलकद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा देशमा भ्रष्टाचार, अन्याय, अत्यचार, महङ्गि लगायतका विषयलाई लिएर ज्ञापनपत्र बुझाएको जिल्ला संयोजक योगेन्द्र चौहानले जानकारी दिए ।
भ्रष्टाचार, तस्करलाई सरकारले नै संरक्षण गरेको भन्दै यस्ता गतिविधिमा संलग्नलाई जोकोहिलाई कारबाहि गनुपर्ने बताउदै जिल्लामा हुने गरेका भ्रष्टाचार तस्कर लगायतका बिषयमा सरकार प्रशासन संवेदनशील हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस !