शितगंगा नगरपालिकाको निति तथा कार्यक्रममा स्थानीय उत्पादनको ब्राण्डमा जोड

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।नगरपालिकाको १५औं नगर सभाबाट कृषकहरुले व्यावसायिक रुपमा उत्पादन गरेका कृषि उपजलाई बजारको सुनिश्चितता गर्दै जग्गा बाँझो राख्ने प्रचलन नियन्त्रण गर्न निश्चित रोपनी भन्दा माथिको जग्गामा साविकको (मालपोत )भुमिकर दरमा वृद्दीगरि लागु गर्ने भएको छ । नगर प्रमुख तथा नगर सभाका अध्यक्ष छविलाल पौडेलले नीति तथा कार्यक्रम पस्तुतीकरणमा यस्तो बताउनुभएको हो।


कृषि शिक्षा प्रभावकारी बनाउन नगरपालिकाले कृषि प्रयोगशाला स्थापना गर्ने,दुध र मासुमा आत्मनिर्भर गर्ने बताएको छ।यस्तै स्थानीय कच्चा पदार्थको रुपमा रहेका बाँस,निगाला थाकल,अम्रिसो जस्ता बस्तुबाट हस्तकलाको सामाग्री निर्माण गरि प्रसिद्ध सुपा देउराली मन्दिरमा आन्तरिक तथा बाह्रय पर्यटकलाई बिक्री गरि नगरको ब्राण्डको रुपमा बिकास गर्ने नगरप्रमुख पौडेलको भनाइ छ।
७०वर्ष भन्दा माथी पुगेका जेष्ठ नागरिक र क वर्गका अपांगता भएका ब्यक्तिहरुको घरमा गई स्वास्थ्य परिक्षण गर्ने,विपन्न परिवार र महिला सामुदायिक स्वास्थ्य स्वंरी सेविकाहरुको निःशुल्क स्वास्थ्य बिमा गर्ने,स्थानीय पाठ्यक्रम लागू गर्ने महको ब्रोन्ड गर्ने जस्ता विषय बस्तु नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

कार्यक्रममा लेखा समितिका संयोजक रुक बहादुर आले आफ्नो पस्तुतीकरण राखेको कार्यक्रममा नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले प्रकाश पार्दै नगरपालिका बेरुजु अन्त्य गर्ने योजनाका साथ अगाडि बढेकाले योजनाका काम गर्दा प्रक्रिया पूरा गरेर मात्र काम गर्न आग्रह गर्नुभयो।


यस्तै नगर उपप्रमुख गिता भाटले २०८०/८१को न्यायीक समितिको प्रतिवेदन पस्तुत गर्नुभएको हो।न्यायिक निर्णय ३,मेलमिलाप ८,माथिल्लो निकायमा पठाएको ३,छलफल क्रममा रहेका निवेदन ४ र यो आर्थिक वर्षमा न्यायिक समितिको बैठक १३वटा भएको बताउनुभयो ।

वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,वडा सदस्य लगायतको सहभागीता रहेको कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close