अर्घाखाँचीका नव निर्वाचित निर्माण व्यवसायी संंघका पदाधिकारीद्वारा सफत ग्रहण

सन्धिखर्क ।नेपाल निर्माण व्यवसायी संघ अर्घाखाँचीका नव निर्वाचित अध्यक्ष बसन्त भुसाल, सहअध्यक्ष कबिराम खनाल, उपाध्यक्षहरु खगिश्वर बस्याल ,काजी श्रेष्ठ ,रामसिह खनाल ,बिजय केसि,महासचिव केसव रिजाल ,सचिव मनोज बन्जाडे, कोषाध्यक्ष कृष्णप्रसाद बस्याल सह — कोषाध्यक्ष प्रदिप अधिकारी लगायतका निर्वाचित २५ जना सदस्य हरुले पद तथा गोपनियताको सफत ग्रहण गर्नुभएको हो ।

निर्माण व्यवसायी संघ अर्घाखाँची का निवर्तमान अध्यक्ष ऋषिराम अधिकारीको अध्यक्षता निवर्तमान उपाध्यक्ष युवराज श्रेष्ठको सन्चालनमा भएको विशेष समारोहमा निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेसका सदस्य कासिराम बस्यालले पद तथा गोपनियताको सफत ग्रहण गराउनु भएको थियोे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष ऋषिराम अधिकारीले कार्यसमितिमा रहेर महत्वपुर्ण भुमिका निर्भाह गर्ने व्यवसायी हरु युवराज बन्जाडे ,भोजराज भुसाल नारायण पौडेल ,युवराज श्रेष्ठ ,कासिराम बस्याल लाई खादा ओढाइ मायाको चिनो प्रदान गरिएको थियो ।
यस्तै नव निर्वाचित अध्यक्ष वसन्त भुसालले सम्मान गर्नु भएको थियोे भने निवर्तमान अध्यक्ष ऋषिराम अधिकारिले नव निर्वाचित अध्यक्ष लाई पद हस्तान्तरण गर्नु भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close