सन्धिखर्क ३ वडामा विद्युत निःशुल्क

सागर महत,भदौ १४सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ ले वडाबासीको विद्युत निःशुल्क गर्ने भएको छ ।वडा अध्यक्ष जम्मशेर मियाँले आज एक सुचना जारी गर्दै असोज १ गतेदेखि लागु हुने गरी न्युनतम २० युनिट सम्म हुने ग्राहक तथा वडाबासीको विद्युतको महसुल आफुहरुले तिरीदिने बताउनुभएको छ ।
जसका लागि भदौं ३१गते सम्म आफ्ना वडाका ग्राहक अथवा वडा बासीलाई विद्युतको मिटरको गा्रहक नम्बर र नागरिकताको फोटोकपी सहित वडा कार्यालमा दर्ता गराउनको लागि समेत अध्यक्ष मियाँले आग्रह गर्नुभएको छ ।जनप्रतिनिधिले जनतको काम गर्ने हो वडा बासी नागरिकलाई केहि भएपनि राहत होस भनेर यो कार्यक्रम अगाडि बढाएको वडा अध्यक्ष मियाँको भनाई छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close