अर्घाखाँची शितगंगाको विकट बस्तीमा पुगी नागरिकता प्रदान,घरमै नागरिकता पाउँदा स्थानीय खुशी

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिकाको विकट वस्तिमा पुगेर जिल्ला प्रशासन कार्यालय र नगरपालिका मार्फत घरमै पुगेर असक्त नागरिकलाई नागरिकता प्रदान गरिएको छ।
नगरपालिकाको वडा नम्बर १४ को बस्ती  करेचुलीमा पुगेर ४५ बर्षीय यम बहादुर ढेडी को नागरिकता प्रदान गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल, प्रशासकिय अधिकृत नुमलाल पन्थी , शितगगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र वडा अध्यक्ष दामोदर न्यौपाने घरमै पुगेर नागरिकता बितरण गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।असक्त नागरिकले घरमै नागरिकता प्राप्त गर्दा निकै खुशी भएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close